Sugar Hill

Sugar Hill

تنزيل الترجمة Nepali

معلومات الإصدار

Sugar Hill (1993) Nepali
تعليق من kikywebsite

الوسوم

other
نشرت في: 2019-07-28
تنزيلات: 7
ضعاف السمع: No

معاينة ترجمة Nepali

أول 200 سطر.

मामुलाई एकदम ठिक छ, बाबुहरु ।

मैले मेरो औषधि खानु पर्छ, अरु केही पनि हैन ।

मामुले तिमीहरुलाई कति माया गर्छे, थाहा छ हैन ?

-हामी पनि तपाईलाई माया गर्छौ, मामु । -हामी पनि तपाईलाई माया गर्छौ, मामु ।

रोमी, बस ।

बस भनेको !

ठिक छ, रे-रे, यसलाई मामुको हात वरपर कस ।

ठुलो नसा देखुन्जेल सम्म बेस्सरी कस ।

किन सधै मैले नै यस्तो गर्नु पर्छ ?

तपाई किन रोमेलोलाई गर्न लगाउनु हुन्न ?

बाबु, प्लिज ।

मैले तिमीलाई पहिले पनि भनिसके, कालु ।

किनभने तिमी मेरो सबै भन्दा जेठो छोरा हौ ।

र तिम्रो मामु बिरामी छे ।

प्लिज ।

यसलाई मेरो हातमा मज्जाले कस है कालु,

जब सम्म ठुलो नसा देखिदैन, तब सम्म कस्नु है ।

आफ्नो मामुको लागि यति गर है । प्लिज ।

मज्जाले कस है, कालु ।

मज्जाले ! मज्जाले कस भनेको सुनेनौ !

भयो । भयो ।

ठिक छ, ठिक छ, ठिक छ ।

ठिक छ । ठिक छ ।

मामु ?

मामु ?

मामु, के हुँदैछ तपाईलाई ? के हुँदैछ ?

मामु ! के भयो ?

मामु ! मामु ! के हो त्यो ?

मामु, तपाईलाई के हुँदैछ ?

रोमी ! केही गर !

नाइँ ।

मामु !

नाइँ, प्लिज ।

नाइँ ! कहीं नजानुस् ! प्लिज ।

मामु ! मामु !

मामु ...

नाइँ, मामु !

-मामु । -मामु ।

आदरणीय आमा ।

तपाईले छाडेर गए पछि, अनंत काल बितिसकेको जस्तो लाग्छ ।

धेरै कुराहरु भैसके ।

धेरै सुन्दर सपनाहरु, भयानक सपनामा बदलिसके ।

तपाईले सधै मलाई राम्रो होस् भनेर सोच्नु भयो ।

तर मलाई लाग्छ त्यस्तो कहिले पनि भएन ।

सुगरहिल, जहाँ तपाई सधै हामीलाई बसेको हेर्न चाहनुहुन्थ्यो...

...त्यो अहिले बस एउटा यादमा सिमित भएको छ ।

त्यो एउटा जलेको जंगल सरह भएको छ ।

त्यो सुनौलो दिनहरुको प्रेत जस्तै भएको छ ।

मेरो बुवा जस्तै ।

हराएको, भेट्न नसकिने ।

र जुन केटालाई तपाई माया गर्नु हुन्थ्यो....

...त्यो आज तपाईलाई डराउने पुरुष बनेको छ ।

जुन बिषले तपाईको ज्यान लियो र बुवाको जिन्दगी बर्बाद गर्यो,

त्यहि बिषले गर्दा आज म धनी भएको छु ।

जसले हाम्रो परिवारको स्वाभिमान हडपे, उनीहरु नै हाम्रा अहिलेका साझेदारहरु हुन् ।

असजिला साझेदारहरु....

जो समय...

...डर...

...र लोभले गर्दा बाँधिएका छन् ।

जुन ठाउँमा हामी बच्चामा खेल्ने गर्थ्यौ, त्यो ठाउँ अहिले म र भाई नियन्त्रण गर्छौ ।

हामीले अर्कै जीवनको आशा राखेका थियौँ ।

तर समय परिवर्तन भएको छ ।

त्योसँग, मान्छे पनि बदलिदा रहेछन् ।

कन्भेन्टदेखि सेन्ट निकसम्मको क्षेत्रफल मेरो हो ।

तपाईको शिर झुकाएकोमा , सरी ।

मलाई अराजकताले छोपिसक्यो ।

मलाई अपराधले छोपिसक्यो ।

मलाई संकटले छोपिसक्यो ।

परमेश्वरले मलाई क्षमा गरुन् ।

-तिमीलाई एउटा कुरा भन्छु म । -ल भन ।

त्यो काले केटादेखि टाढै बस्दा राम्रो हुन्छ तिमीलाई ।

किन ?

किन भने उ नराम्रो धन्दामा छ ? मेरो कुरा सुन्यौ ?

के ?

-म तिमीलाई सिधै त्यो कुरा भन्छु । -ठिक छ ।

म्याक्डोनाल्डले जति बर्गर बेच्छ, उसले...

-त्योभन्दा धेरै हेरोईन हार्लेमा बेच्छ । -झुटो नबोल ।

-तिमी झ्याप छौ । -तिमी झ्याप भएको हो ?

-मैले त केवल... -के भयो ?

धन्यवाद ।

-मेरोतर्फबाट केही पिउँछौ तिमी ? -पर्दैन !

-पर्दैन ? -पर्दैन ।

-त्यसो भए, के म तिमीसँग बोल्न सक्छु ? -मलाई थाहा छैन, सक्छौ त ?

-तिम्रो नाम के हो ? -के ?

-तिम्रो नाम के हो ? -मलिसा ।

-मलिसा । -हो ।

मलिसा ।

-तिम्रो नाम चाहिँ के हो नि ? -रोमीयो ।

तिमी जिस्कीरहेको हो ?

-हैन, र तिमी रमाइलो मान्छे रहेछौ । -र तिमी पनि निकै रमाइलो मान्छे रहेछौ ।

-तिमी रमाइलो अनि राम्रो मान्छे पनि रहेछौ । -ओहो, धेरै धेरै धन्यवाद ।

तिम्रो लुगाको ट्याग झुण्डी रहेको छ ।

भोली यसलाई फिर्ता गर्छु , मैले ।

-साच्चिकै हो त ? -हो ।

हो र ?

हेर, यहाँ म धेरै केटीहरुलाई आउ-जाउ गरेको खासै देख्दिँन ।

होस् गर ?

को देखि ? तिमी जस्तै मान्छेहरु देखि ?

म त तिम्रो मद्दत गर्न मात्र आएको हो ।

धन्यवाद ।

थाहा छ, मलाई ।

बुवा ?

रे ? घरमा कोही छ ?

बुवा !

ओहो, नाइँ ।

बन्द गर !

गस ! गस, गस । नाइँ !

म तिम्रो पैसा फिर्ता गरिदिन्छु !

बुवा !

म तिम्रो पैँसा फिर्ता गरिदिन्छु !

-एकैछिन ! -रोक !

बुवा ! प्लिज पर्खनुस् !

तिमीलाई के भएको छ !

मैले तँलाई भनेकै थिएँ ! मैले तँलाई भनेको होइन ?

-हे, भगवान् ! -मेरो पैँसा लिएर भाग्छस् त !

साला चोर खाते ।

गस, नाइँ ! प्लिज यस्तो नगर !

साला चोर ! तँलाई मैले भनेको थिईन ?

मेरो पैँसा लिएर भाग्छस् त !

-तँलाई के लाग्छ कि, पैँसा रुखमा फल्छ ! -मेरो छोराहरुको अगाडि यस्तो नगर !

-पछाडी जा, फुच्चे ! -पर्खनुस् !

-तल बस ! -मेरो पैँसा खाएर ठग्न खोजेको तैँले ?

-एकछिन ! प्लिज... -गस, सरी ।

प्लिज, भगवान्, नाइँ, गस ! उसलाई त्यस्तो गर्न नदेउ !

मेरो छोराहरुको अगाडि यस्तो नगर् !

-चुप लागेर बस् ! -नाइँ !

-प्लिज पर्खी ! -चुप लाग् ।

प्लिज !

गस, मैले गल्ती गरे !

-मैले तँमाथि बिश्वास गरें, साला खाते ! -प्लिज उसलाई त्यस्तो गर्न नदेउ ।

प्लिज पर्ख एकैछिन !

रोक, प्लिज ।

अत्ति भयो !

प्लिज भगवान्, नाइँ । गस, गस !

उठ्। उठ् । उठ् ।

त्यो मलाई दे ! साले !

नाइँ ! गोली नचलाउनु ! नाइँ !

गस !

हे, रो ।

कति बेर भयो तिमी यहाँ उभिएको ?

धेरै हैन ।

तिमीलाई थाहा छ, मैले आज राति कतिचोटि फोन गरें ?

थाहा छ मलाई ।

-तपाईले मलाई चारचोटि फोन गर्नुभयो । -चारचोटि ।

चारचोटि ।

निकै ब्यस्त थियौ कि के ?

-मेरो लागि पनि निकै व्यस्त भयौ हैन ? -त्यस्तो कुरा नगर्नु ।

हेर्नुस्, मैले तपाईलाई केही ल्याइदिएको छु ।

-मलाई डेन्टिस्ट चाहियो । -के ?

कसैलाई मुई खाने वाला हुनुहुन्छ कि क्या हो ?

हैन, मेरो दाँत दुखिरहेको छ ।

ल, ठिक छ । म त्यसको बन्दोबस्त गर्छु, हुन्छ ?

यो थोरै चाख्नु त ।

यो त एकदम तातो छ । के हो यो ?

यो चाउचाउ हो । यसमा चिकेन र प्याज पनि मिसाईएको छ ।

खाना ।

तिमीलाई मेरो कपाल स्टाइल कस्तो लाग्यो ?

राम्रो छ ।

धेरै राम्रो ।

यो मेरो चर्चवाला कपालको स्टाइल हो ।

-साच्चिकै हो र ? -हो ।

मैले क्लिफलाई भनेको थिए ।

मैले भने, मलाई कुनै गाउँले स्टाइलको कपाल चाहिदैन ।

मलाई त चर्चको केटाको जस्तै कपाल चाहिन्छ ।

तपाईले अझ धेरै खानु पर्छ, बुवा ।

लिनुस्, यो खानुस् ।

यसलाई आफ्नो मुख भित्र हाल्नु ।

हुन्छ ।

यसलाई मुख भित्र हाल्नुस् ।

कहाँ हाल्नु, रे ?

कहाँ हाल्नु, रेनेथन ?

सबै लुगामा लागि हाल्यो नि ।

उ मलाई भेट्न आउनै छोड्यो ।

म फेरी अब चर्चमा जान्छु ।

झ्याप हुनको लागि यो मेरो अन्तिम रात हो ।

तिमीलाई के लाग्छ ?

आउनु ।

तपाई मबाट के सुन्न चाहनुहुन्छ, बुवा ?

त्यो पहिले नै टुटिसकेको छ, रो ।

तिम्रो केही गल्ती छैन ।

तिमी त्यसलाई ठिक पार्न सक्दैनौ ।

बुझ्यौ ?

म तिमीलाई मप्रति गर्व गरेको हेर्न चाहन्छु ।

-तिम्रो हालखबर के छ, अगस्टस ? -ए, ठिकै छ मलाई । तिमीलाई कस्तो छ ?

-मलाई पनि सन्चै छ । -त्यो सुनेर मलाई एकदम राम्रो लाग्यो ।

-गन्न चाहदैनौ तिमी ? -गन्नु पर्छ र ?

लाउ, आफ्नो लागि ललिपप किन ।

तिम्रो भाई खोई ?

मेरो भाई...

मेरो भाईलाई ठिकै छ ।

तिमीलाई थाहा नै छ, उसले मलाई पागल बनाइसक्यो ।

हो र ? यो, एउटा कालो मान्छेको निजी कुरा हो । तपाईले बुझ्नुहुन्न ।

हे, के छ तिमीहरुलाई ?

-रमाईलो छ । -कालो मान्छे ।

-केही समस्या त छैन नि ? -छैन, सबै ठिक छ ।

-मेरो कतै खुन निस्केको छ त ? -छैन ।

-ल, ठिक छ । -बाई बाई ।

-तिमीले त्यो फुच्चेलाई पहिले देखेको थियौ ? -अहँ, देखेको थिईन, यार ।

त्यो माथि नजर राख ।

-वाईजी । -के छ ?

التعليقات

No comments yet. Be the first to leave one.

Keep it about this subtitle — sync, quality, typos.500 characters left