أول 200 سطر.
म्याजिक आवर द सिरिज
दिमास अरिया नुग्राहा मे १५ १९८८ - नोभेम्बर १०, २०१४
तिमी हाम्रो जीवनमा बेस्ट म्याजिक आवर हौ ।
जाकार्ता, इन्डोनेसिया
च्याप्टर ०१ : न्यूयोर्कमा हराएको
एउटा कुरा तिमीलाई थाहा छ ?
एउटा थप च्याप्टर र म आफ्नो दोस्रो म्याजिक आवर उपन्यास सक्नेछु, दिमास ।
र यो तिम्रोबारेमा छ ।
तिम्रो संघर्ष र लगाव जब तिमीले मेरो लागि त्यो पुस्तक लेख्यौ
जब तिमी बिरामी थियौ...
त्यो नै मेरो उत्साह र प्रेरणा बन्यो ।
तिमी धेरै महान छौ, दिमास ।
तिमीले मलाई तीन महिनाको लागि छाडेपछि
तिमीले मलाई तिम्रो धेरै याद आउने बनायौ ।
अहिले मसँग रंगा भएपनि...
मलाई अर्कै अनुभूत हुनेगर्छ ।
हामीले सँगै भोगेका क्षणहरु म कहिले बिर्सनेछैन ।
-प्रामबोर्स रेडियो, र म देस्ता ..... - म गिना पनि यो बिहानीमा ।
-तिमीलाई निद्रा लाग्यो कि ? -हो, मलाई लाग्यो ।
निद्रा लागेपनि नसुत । तिमीले आफ्नो जोश उच्च राख्नुपर्छ ।
मजस्तै ।
जब म प्रेममा पर्छु, मेरो मन नाच्छ ।
-लाग्छ गिना प्रेममा परिन् । -पक्कैपनि ।
प्रेममा पर्नेहरुको लागि यो गीत ।
-ल बजाऔं । -ल सुन्नुस् ।
तोबी ?
मेरो नाम रायना हो र म अझै झरी मन पराउँछु ।
म इन्द्रेणीको प्रतीक्षामा मात्र हैन जुन पछि आउँछ....
म झरी मन पराउने भएकोले मात्र हो ।
झरी अझै पनि मेरो खुशी रहेको छ ।
हरेक थोपा संगीत जस्तो, भगवानले सिर्जना गरेको ।
यसले मेरो सबै पिडा लैजान्छ, र वहाँको आशीर्वादले मलाई कृतज्ञ बनाउँछ ।
तर एउटा कुरा छ जसले मलाई संधै तर्साउँछ ।
एक हप्ता भैसक्यो रंगाको कुनै खबर नपाएको ।
आशा गर्छु सबै कुरा ठिक छ ।
म चाहन्छु रंगालाई केही नहोस्
जस्तो कि जब दिमास ५ दिन हराएको थियो ।
मलाई थाहा छ रंगा तिमी हैन ।
तर रंगामा तिम्रो आधा गुण छ ।
उसको रक्षाको लागि भगवानसँग प्रार्थना गर्छु किनकि म उसलाई गुमाउन चाहन्न ।
तिमीलाई जस्तो फेरि गुमाउन चाहन्न ।
-आन्टी । -कस्तो अचम्म बिहानै आयौ ।
उनीहरु लगभग उस्तै देखिन्छ ।
तर मलाई थाहा छैन उनीहरुको शीलस्वभाव पनि उस्तै छ वा छैन ।
के भयो, प्रिय ? सबैकुरा ठिक छ नि ?
खासमा म यहाँ रंगाको बारेमा सोध्न आएको हुँ ।
बुझिन ?
मलाई लाग्छ तिमीले अरु थाहा पाउनुपर्छ ।
त्यही त कारण हो ।
मैले उसलाई चिन्ने मौका दिएँ, मैले उसलाई बोलाएँ...
मैले उसलाई मेसेज गरें तर उसलाई कुनै जवाफ दिएन ।
मलाई चिन्ता लागिरहेको छ किनकि रंगा मसँग बोलेन ।
साच्चै मलाई अझै पनि पिडा भैरहेको छ ।
दिमाससँग जे भयो त्यो फेरि दोहोरिएला कि भन्ने मलाई डर लाग्छ ।
-उसलाई अन्तिमपटक कहिले फोन गरेकी थियौ ? -मलाई मौका मिल्ने बित्तिकै ।
तर उसले कुनै पटक पनि उठाएन ।
उसलाई फेरि फोन गर त ।
रायना
रायना
ओह, सरी ।
रायना
माफ गर्नुस् आन्टी, मैले हजुरलाई चिन्तित तुल्याएँ ।
मलाई लाग्यो उसले हजुरलाई सम्पर्क गर्यो ।
अब म घर जान्छु, आन्टी ।
हुन्छ ।
मामा फ्लोरा र ग्वेनीलाई मेरो प्रणाम सुनाइदिनु ।
हुन्छ, आन्टी ।
-बाइ, आन्टी । -बाइ, आफ्नो ख्याल राख ।
हुन्छ ।
तिमी सही छौ ।
रंगा दिमासभन्दा फरक छ ।
-हाइ, प्रिय । -हाइ ।
ओहो, धन्यवाद ।
मामू । रंगा रायनालाई फोन गर । उनी तिम्रोबारे चिन्तित छिन् ।
धन्यवाद, मिस । फेरि आउनुस् ।
कति बज्यो, केटी ?
झरीमा खेलेर तिमी ढिला भएजस्तो मलाई लागेको छ ।
हो, मलाई माफ गर्नुस्, आन्टी ।
मलाई माफ गर्नुस् ।
किन माफी मागिरहेको ?
चिसो लाग्यो भने सरी भनेर निको हुन्छ र ?
अब तिमी बच्ची हैनौ । चाडैं नै बिहे गर्नेछौ ।
आफुलाई ध्यान देऊ ।
फेरि चुम्बन । मलाई रिसाउन नदिने तिम्रो हतियार ।
पर्ख ! यहाँ आऊ ।
-तिम्रोलागि केही आएको छ । -मेरो लागि ?
हो, तिम्रो लागि ।
-यो त तोबीबाट रहेछ । -हो ।
पर्ख ! तिमी कहाँ गैरहेको ?
व्यर्थ छ बाहिर जानु । उ एक घण्टा पहिले नै गैसक्यो ।
कस्तो दोधारको अवस्था जब तिमी यो रेकर्डिंग सुन्छौ...
म गैसकेको हुनेछु ।
मलाई थाहा छ तिमी रिसाउनेछौ र ग्वेनी पनि ।
किनकि म तिमीलाई मेसेजमात्र पठाउनेछु ।
यो ग्वेनीको लागि हैन, यो मेरो लागि महत्वपूर्ण छैन ...
तर यो त्यो कारणले हो...
त्यो केटीलाई छोड्न निकै कठिन लाग्यो जोसँग मेरो पूरै मुटु साटिएको छ ।
त्यसैले मैले तिमीहरु दुवैलाई छोड्नुपर्यो ।
म सफलताको बाटोमा हिड्न सुरु गरेपछि तिम्रो लागि फर्कने छु ।
तिमीलाई याद छ ? तिमीले मलाई गायक बन्न भनेका थियौ ।
अब म ढुक्क छु म एक सफल गायक हुनेछु ...
र त्यसको पछि तिम्रो हात छ ।
तोबीले के लेखेछ ?
ग्वेन ।
ग्वेन ।
ग्वेन ।
ग्वेन ।
ग्वेन !
यहाँ फिर्ता पैसा र फूल ।
-रमाइलो गर । -धन्यवाद ।
स्वागत छ । फेरि आउनु है ।
हेलो, फ्लोरा बोल्दैछु, तिमीलाई कस्तो छ, साथी ?
मेरी प्यारी साथी तिमी कहाँ छौ ?
त्यसैले त मलाई तिम्रो संधै याद आउँछ ।
तिम्रो गफ ।
म ठिक छु, अनि तिम्रो खबर के छ नि ?
मेरो ठिक त चलिरहेको छैन, तर ऊर्जा चैं छ मभित्र...
र सधैं झैं सुन्दर छु ।
तिमीलाई त थाहा नै छ नि म कस्तो छु भनेर ।
ओहो, फ्लोरा ।
एउटा कुरा....
मलाई तिमीसँग महत्वपूर्ण कुरा गर्नुछ ।
त्यसोभए तिमीलाई थाहा छैन तोबी कहाँ र किन गयो ?
त्यो त अचम्म भो ।
चलाख पुरुषहरुले यस्तै गर्छन् होला ।
उनीहरु अचानक अनौठा र रहस्यमयी हुन्छन् ।
मेरो कुरा नराम्रो नमान्नु ।
म सुन्दर छु, त्यसैले म त्यस्तो छैन ।
रायना, मेरी प्यारी ।
किन अझै तोबीको बारेमा नै सोचिरहेको, जसले तिमीलाई कुनै स्पष्टता दिंदैन ?
उसको बारेमा सोचेर आफ्नो मन, मस्तिष्क र भावनालाई बोजिलो बनाउँदैछौ ।
तिम्रो पहिले नै एउटा व्याइफ्रेन्ड छ अमेरिकामा ।
तर्क कहाँ छ ?
अँ, यो फरक छ ।
तोबी मेरो असल साथी हो । म उसको नजिकको साथी मात्र हुँ ।
त्यसैले उसले केही नभनी जाँदा मलाई दुख लागेको हो ।
तर तिमीले एक सेकेन्डको लागि कहिले सोचेनौ...
उसले तिमीलाई नभनी जानु तिमी नै कारण त हैनौ ?
तिमीले सोचेनौ उसको मुटु टुक्रिएको होला भन्ने ...
किनकि तिमीले नयाँ ब्वाइफ्रेन्ड बनायौ ?
-उसँग ग्वेनी थिई त । -हेर प्रभू ।
तिमी कति सोझी केटी, रायना ।
तिमीले तोबीलाई बर्षौंदेखि जानेकी छौ
र मलाई पक्का छ तिमीलाई पनि थाहा छ भन्ने
कि तोबीले तिमीलाई बर्षौंदेखि तिमीलाई ख्याल र माया गर्छ ।
अनि अहिले तिमीले अमेरिकाको नयाँ ब्वाइफ्रेन्ड बनायौ ।
मलाई लाग्छ उ दुखी, पागल र मन टुक्रिएको जस्तो भयो होला ।
अनि उ तिम्रो बैनी ग्वेनीसँग डेट गर्न थाल्यो ।
तिमीलाई लागेन उनी बिकल्पको रुपमा मात्र रहेकी केटी थिई ?
उसले ग्वेनीलाई केही महिना पहिलेमात्र चिनेको हो, हैन त ?
तिमीले फरक देख्न सक्नुपर्छ...
जो बास्तवमै प्रभावित थियो र जो प्रभावित भएको बहाना गर्यो ।
प्रभू...
प्रेम दृश्य त रोचक हुँदैछ ।
तोबीको कारणले मन भाँचिएका केटीहरु धेरै छन् ।
अनिसा, मेरो कर्मचारी जो कमै बोल्छे
किनकि उनको ऊर्जा नै हरायो...
मन भाँचियो ।
ग्वेनी, मलाई पक्का छ उनको पनि मन चाडैं मन भाँचिनेछ ।
रायना, मेरो अगाडि सुन्दर केटी जो दिउँसै सपना देखेर सोच्दैछे...
मलाई पक्का लाग्छ उनलाई दुखः लागेको छ र मन भाँचिएकोछ ।
मलाई लाग्छ यो सबैलाई हुन्छ ।
अनि एउटा अरु छ ।
मेरो पुरुष कर्मचारी, बिचरा उसको पनि दिल टुटेको छ ।
-तिमीले गिल्डा भन्न खोजेको हो ? -हो !
तोबीले उसलाई इन्कार गरेकोले उसले राजीनामा दियो ।
-हो र ? -हो नि ।
केटो पनि तिम्रो प्रतिस्पर्धी भएकोले तिमीलाई झड्का लाग्यो हो ?
झरी
आऊ बस ।
के छ खबर ?
-रायना आज मेरो घर आएकी थिई । -ए हो र ?
रंगाले उनलाई एकहप्ता देखि फोन नगरेकोमा उनी चिन्तित थिइन् ।
ओहो, कुरा त्यो पो हो ।
अब हामी यसबारे के गर्ने ?
म रायना संधै रंगासँग होस् भन्ने चाहन्छु ।
अनि...
जे भएपनि...
दिमासको लागि हाम्रो पहिलेको योजनालाई निरन्तरता दिनेछौं, है त ?
अँ, समस्या भनेको...
अब यो कुरा रंगामा निर्भर गर्छ ।
तिमीलाई त्यस्तो लाग्दैन ?
त्यसको लागि त म यहाँ आएको नि ।
मलाई तिम्रो अनुमति चाहिएको छ ।
म रायनालाई अमेरिका पठाउन चाहन्छु ।
कोठा भाडामा...पुरुषको लागि मात्र
तोबी !
तोबी !
कोठा भाडामा.... पुरुषको लागि मात्र
तोबी यहाँ छ, सर ?
रायना, तोबी आज बिहानै गयो ।
उसले तिमीलाई भनेन र ?
-तब, तिमीलाई पछि भेटौंला । -हुन्छ ।
म अमेरिका जानुपर्छ र, आन्टी ?
तर म किन ?
रंगा कहिलेपनि यस्तो छैन ।
प्लीज उसलाई खोज्न मलाई मद्दत गर ।
यदि तिमी त्यहाँ भयौ भने म धेरै चिन्तित हुन्न ।
कम्तीमा त्यहाँ उसको अवस्था मलाई त थाहा हुन्छ ।
अनि म तिमीसँग हुन सक्नेछैन किनकि म व्यस्त छु ।
No comments yet. Be the first to leave one.