Specials

Udgivelsesinfo

Welcome To Waikiki 2 2019 Season 02 Episode 12-16 Web-DL Nepali
En kommentar af kikywebsite

Tags

Web-DL
web-dl
web
WEB-DL
Udgivet den: 2022-02-06
Downloads: 93
Hørehæmmede: No

Forhåndsvisning af Nepali undertekster

De første 200 linjer.

जन्जीयन, म सधैं सक्छु । अरुलाई बोलाउ ।

-आफ्नो नयाँ संकेत प्रयोग गर । -अँ ।

यो लन्च टाइम हो ।

हो त ! आजका साइड डिस के हो ?

चलाएको फ्राइड स्पाइसी पोर्क । चलाएको फ्राइड स्पाइसी पोर्क !

अपेक्षित रुपमा ! यो साँच्चै नै स्टिर-फ्राइड स्पाइसी पोर्क हो !

यो एल्फोर्नसंग सही हुन्छ । होइन ?

ठिकै हो । जियोंगपल, यो अन्तत: राम्रै प्रयोगमा आयो ।

के ? तिमी मर्न चाहन्छौ ? हो त ?

तिमीले मलाई फेरी हान्दैछौ !

अब उपरान्त तिमी राम्ररि बाँच्ने भनेको हो ?

यो तिमीले आफै निम्त्याएको हो, त्यसैले स्वीकार गर ।

यो मैले आफै निम्त्याएको रे ?

तिमीले जान्नु पर्दैन । खाउ ।

आज सरसफाईको दिन हो भनेर तिमीहरु सबैलाई थाहा छ, होइन ?

तर मेरो विश्व विद्यालयको क्लब आलुम्नाइसंग बैठक छ ।

यो हुवाम विश्वविद्यालयको बलियो क्लब हो । जाऔं ! जाऔं !

साँच्चै ? तिमीले घर सफा गर्न नचाहेको भएर यो गर्न लागेको छैनौ होइन ?

यो सत्य हो ।

यो हाम्रो ग्रयाजुएसन पछीको पहिलो ग्यादरिंग हो, त्यसैले म जानु नै पर्छ ।

तिनीहरु धेरै नै बदलिएका छन् ।

यो के हो ? तिमीहरु किन संगै आएका ?

हामीले बाटोमा भेट्यौं ।

साँच्चै ?

तिमीहरुले खाएको छैनौ होइन ? बस ।

मैले बाटोमा स्योनसंग हटओक खाएँ, त्यसैले मलाई त्यस्तो भोक छैन ।

तर तिम्रो शोको समय भएन र ?

-अँ । -म संगै हेर्नेछु ।

कपडा फेरेर बाहिर आऊ ।

ल, हुन्छ ।

त्यसोभए खानाको आनन्द लेउ ।

के हुँदैछ ?

वुशिकको मन साँच्चै दुखेको हो ?

उ त गज्जबको मान्छे हो त ।

अमेरिकी शैली ।

राम्रै हो । ल खाऔं ।

ल ठाउँ यही नै हो ।

जंगी, ल ! यता !

एक मिनेट पर्ख ।

तिमी...

तिमी दोंगचियोल होइन ? दोंगचियोल ?

हो, म त्यही हुँ ।

तर तिमी किन ढिला त ?

ट्राफिक जाम थियो ।

तर अरु खै त ?

तिनीहरु सबैले उनीहरु ढिला हुने कुरा गरे ।

अरे, त्यो अहंकार अहिलेसम्म बदलिन्न ।

हे, चिकेन खाओ न त ।

हे लि जुंगी, कति समय भयो र ?

धेरै नै भईसक्यो नि !

तिमी ब्युंगसु होइन ?

होइन, म होइन ।

-अनि तिमी को हौ ? -मलाई चिनेको छैन र ?

हामीले क्लबको कोठामा चुपचाप रामेंन खाएर आगो लगाईदिएको होइन ?

अनि हाम्रो पुरै आँखीभौं जलेको थियो ।

हो, आँखीभौं, मलाई अहिले याद आयो ।

तर तिम्रो नाम के रे ? के पो थियो ?

कस्तो होला ? मेरो नाम तिमीलाई याद छैन र ?

तिमीले मलाई यस्तो कसरी गर्न सक्छौ र ?

कस्तो दुखलाग्दो, म दुखी भएं ।

होइन, होइन । मलाई माफ गर । साँच्चै माफ गर ।

पर्ख, उसको नाक के थियो रे ?

मलाई उसको अनुहार याद आयो तर उसको नाम किन सम्झन सकिन ?

मलाई उसको साह्रै माया लाग्यो ।

कस्तो अफ्ठ्यारो भयो ।

अब मैले जानु पर्छ ।

तिमी जंगी होइन ?

यो को हो ?

मैले उसको अनुहार नै सम्झन सकिन ।

तिमीले मलाई सम्झेनौ ?

थुक्क, म हौ !

मलाई थाहा छैन । थाहा छैन, साले !

उफ, यदि मैले उसलाई चिन्दिन भनें भने उ दुखी हुन्छ ।

मलाई थाहा छ । अवश्य हो ।

म तिमीलाई कस्तो राम्ररी याद गर्छु ।

कति भयो रे ? तिमीलाई कस्तो छ ?

मलाई अवश्य राम्रै छ ।

मलाई पनि राम्रै छ हौ ।

तर तिमी धेरै नै बदलिएको छौ !

तिमी निकै सुन्दर भएको छौ ।

साँच्चै ?

तिमी पनि सुन्दर भएको छौ ।

ल फर्केर केही ड्रिंक लिऔं ।

तर मेरो एउटा अर्जेन्ट काम छ, मैले जानु पर्छ ।

साँच्चै ?

त्यसोभए ड्रिंक पछी लिऔंला । तिमीलाई मेरो नम्बर थाहा छ ?

अँ, अवश्य थाहा छ नि ।

ल, राम्रो ।

मलाई तिम्रो नम्बर पनि थाहा छ । म तिमीलाई छिट्टै सम्पर्क गरौँला ।

हुन्छ ।

म त्यसोभए सुरुमा जान्छु ।

हुन्छ ।

मेरो साथी ।

उफ । तिमी को हौ र ?

तिम्रो नाम के रे ?

हिजो साथीहरु भेटेर रमाइलो गर्यौ त ?

के रमाइलो ?

मैले उनीहरुलाई भेटें तर नाम याद छैन । मलाई दुख लाग्यो ।

के रे ?

तिमीहरु ग्र्याजुएट भएको त धेरै भएको छैन । तिनीहरुको नाम कसरी याद भएन र ?

त्यही भएर नै तिमीले पिउने बानी कम गर्नुपर्छ ।

त्यो अल्कोहलको असर हो ।

उफ हरे !

त्यो असर होइन । अल्कोहल डिमेंसिया हो ।

-म सतर्क हुनेछु । -तिमी गलत हौ !

कसम भनेको ।

हेलो ?

अरे, हे, के छ हौ ?

ल । म तिमीलाई पछी भेटौंला ।

-म अहिले बाहिर जाँदैछु । -तिमी कता जाँदैछौ र ?

मेरो एउटा साथी भ्याकेन्सीको बारेमा कुरा गर्न चाहन्छ ।

म आईहाल्छु ।

-होसियार रहनु । -हुन्छ ।

किबोंगले छिट्टै जागिर पाउनु पर्छ । म चिन्तित छु ।

अवश्य नै ।

भाई ।

तिम्रो हातको के हो ?

कफी हौ । म आजबात गीत कम्पोजको काम गर्दैछु ।

त्यसैले कफी निकै महत्वपूर्ण हुन्छ ।

गीत कम्पोजिसन रे ?

मैले आजकाल आफ्नो काममा वेवास्ता गर्दैछु ।

म मेरो कमब्याकका लागि राम्रा गीत लेख्न सुरु गर्नुपर्छ ।

राम्रो सोचाइ ।

तर मैले गीत कम्पोस सुरु गरेपछि म संवेदनशील हुन थाल्छु, होइन ?

आफ्नो सक्दो प्रयास गरेर मेरो स्टुडियोमा आउन छोड ।

मलाई आशा छ तिमीहरु शान्त हुनेछौ ।

खासगरी तिमी ।

हुन्छ ।

-म माथि जाँदैछु । -ल ।

ल शुभकामना !

मलाई लाग्छ उसले अहिले साथ लिन खोजिरहेको छ ।

अवश्य । उसको दिन मुस्किल भैरहेको छ जस्तो छ ।

अब यो त राहत भयो ।

ठिकै हो । सुयोनलाई बिर्सौं ।

र एउटा मास्टरपिस बनाऔं !

ग्लोबल नेटवर्क मार्केटिंग, युटनरी ?

तिम्रो कम्पनीको नाम बडो अजिवको छ ।

तिमीले कामको कुरा गर्नुछ भनेको होइन ? के कुरा हो र ?

अँ...

किबोंग, रिटेल मार्जिनका कारण हामी दिनमा कति घाटा खान्छौं तिमीलाई थाहा छ ?

-तर रिटेल मार्जिन के हो ? -के रे ?

-तिमीलाई रिटेल मार्जिन पनि थाहा छैन ? -अहँ, थाहा छैन ।

मैले यो पहिलो पटक सुन्दैछु ।

ए बुझें ।

साँच्चै ?

अवश्य । त्यो प्रशंसनीय कुरो हो ।

म पनि त्यस्तै नै थिएँ ।

त्यसैले यसको अर्थ के हो भने

कारखानाले १०० वनको एउटा प्रोडक्ट बनाउँछ ।

त्यो प्रोडक्ट तिम्रोमा पुग्नु अघि

त्यो होलसेल र रिटेलमा पुग्छ

र त्यसमा विज्ञापन शुल्क जोडिन्छ र मूल्य बढ्छ ।

अनि तिमीले अब १०० वनको सामान ३०० वनदेखि ५०० वनमा किन्नुपर्ने हुन्छ ।

यो प्रक्रियामा जोडिने शुल्कहरुलाई नै हामी...

...रिटेल मार्जिन भन्छौं ।

तर हामीले रिटेल मार्जिन घटाएर सामानलाई सस्तोमा बेच्न सक्यौ भने के हुन्छ ?

-त्यो त राम्रै हुन्छ नि । -होइन त ?

हाम्रो कम्पनीले त्यसो गर्छ ।

अरु मानिसले हामीले गरेको कुरालाई अवैधानिक भन्लान्...

तर त्यो त उनीहरु मूर्ख भएकोले गर्दा हो ।

तिमीले राम्रै काम गरिरहेको छौ ।

अनि, तिमी हामीसंग कुरा गर्न चाहन्छौ ?

के रे ?

तिमीले मलाई हायर गर्ने हो त ?

तर यो के काम हो र ?

ग्लोबल नेटवर्क मार्केटिंग युटनरी सदश्य प्रणालीमा चल्छ ।

यसमा पाँच वटा सदस्यता छन्, "डु", "गे", "जिओल", "युट" र "मो" ।

"डु", "गे", "जिओल", "युट" र "मो" ?

अनि, त्यही भएर नै तिमीलाई युटनरी भनिन्छ ।

ठिकै हो । ल, यसमा हेर ।

तिमी देख्न सक्छौ, म "युट" तहमा छु ।

अनि नामज्ञू "जिओल" तहमा छ ।

ए बुझें ।

तर तलव कति हुन्छ र ?

हाम्रो तलव हुँदैन ।

-केरे ? -हामी प्रोत्साहन भत्ता दिन्छौं ।

-प्रोत्साहन भत्ता रे ? -जस्तै

मि. किबोंग, तपाईंले हाम्रो सामान अर्को मान्छेलाई चिनाउनु भयो

यदि त्यो मान्छेले हाम्रो सामान किन्यो भने

कम्पनीले तपाईंलाई प्रोत्साहन भत्ता दिनेछ ।

मैले सामान चिनाए मात्र र तिमीले मलाई भुक्तानी गर्ने ?

-किन ? -किनकि तिमीले हामीलाई सामान बेच्न मद्दत गर्यौ

हाम्रो लागि यो कृतज्ञताको संकेत हो ।

तपाईंहरु आभारी भएर नै पैसा दिनुहुन्छ ?

-किन र ? -के ?

किनकि कम्पनीको नजरमा हामीले तिम्रो कारण नाफा कमायौ ।

तर यो यहाँ सकिन्न ।

यदि त्यो मान्छेलेल हाम्रो सामान अर्को व्यक्तिलाई चिनायो भने...

...त्यसको नाफाको हिस्सा तिमीले पाउने छौ ।

के रे ?

तर म त्यो अर्को व्यक्तिलाई त चिन्दिन नि ।

मैले केही गरेकै छैन...

...त्यही पनि मैले त्यसको पैसा पाउने र ?

-किन ? -के रे ?

यो जसरी भए पनि

हामी तिम्रो कारणले नाफा कमाईरहेका छौं भन्ने कुरा सत्य हो ।

तर पनि केही नगरी नाफा कमाउनु भनेको...

-...राम्रो भएन नि । -के रे ?

मलाई गलत र सही छुट्टयाउन मुस्किल छ ।

म यसरी काम गर्न सक्दिन ।

More Nepali subtitles for Welcome to Waikiki

Kommentarer

No comments yet. Be the first to leave one.

Keep it about this subtitle — sync, quality, typos.500 characters left